पार्टी विभाजनमा लाग्नेहरु पटमुर्ख हुन ः एमाले नेता गुरुङ(भिडियो)

विकल्प न्यूज/बेनी
भदौं २५ गते ।

नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको कार्यकर्ता भेलामा एमाले सचिव तथा गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पार्टी विभाजनतिर लाग्नेहरु पटमुर्ख भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार बेनीमा आयोजित कार्यक्रममा नेता गुरुङले पार्टी भित्र अन्तरसंघर्ष गर्न नसकेर भाग्नेहरुको भविष्य नभएको बताउनुभयो । कार्यक्रममा नेता किरण गुरुङ,बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा लगायतले एमाले एकतालाई जोड दिनुभएको थियो ।

पार्टीका सचिव बालकृष्ण सुवेदीले सञ्चालन गरेको कार्यक्रमको पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले अध्यक्षता गर्नुभएको भेलामा प्रदेश स्तरका नेताहरुको पनि सहभागिता रहेको थियो । जिसस सभाहलमा भएको कार्यक्रममा जिल्लाका अगुवा कार्यकताले हल भरिभराउ देखिन्थ्यो ।