ताजा समाचार:
Search

लुलाङ गाउँमा रहेको लघुजलविद्युत आयोजना बाढीले बगायो

विकल्प न्यूज/बेनी
भदौं २१ गते ।

धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको ४५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बाढीले बगाएको छ । आइतबार(गएराती) दरखोलामा आएको बाढीले जलविद्युत आयोजना विद्युत गृह बगाएको हो ।

दरखोलामा आएको भीषण बाढीले म¥यानीको पुछारमा रहेको विद्युतगृह बाढीले पूर्णरुपमा बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । विद्युत गृह बाढीले बगाउँदा विकट लुलाङ गाउँमा विद्युत सेवा बन्द हुनपुगेको छ ।
उहाँका अनुसार आयोजनाको मुहानमा पनि बाढीले क्षति पु¥याएको छ । गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालको नेतृत्वमा वडा अध्यक्ष गमप्रसाद विक र प्रहरीको टोली बाढीग्रस्त क्षेत्रको अवलोकनका लागि हिडेको उहाँले बताउनुभयो ।
विद्युत आयोजना बाढीले बगाउँदा लुलाङ गाउँ अन्धकारमय भएको छ । २०७४ मा जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएको थियो । विकट लुलाङको वस्तीलाई विद्युत सेवा उपलब्ध गराउन दुईवर्ष अघि करिब दुई करोड रुपियाँ लागतमा आयोजना पुननिर्माण गरिएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।