ताजा समाचार:
Search

जलजलाका ८ वडामा काँग्रेसको नेतृत्व चयन

विकल्प न्यूज/बेनी
भदौं १९ गते ।

 पर्वतको जलजला गाउँपालिकाका ८ वटा वडामा सभापति सहित पदाधिकारी,सदस्य र अधिवेशन प्रतिनिधि चयन भएका छन् । वडा नम्बर ७ धाइरिङमा भने नेतृत्व चयन हुनसकेको छैन । मनोहर आचार्य र मुक्तीराम रिजाल दुवै जनाले सभापतिमा दावी गरेपछि शुक्रबार नेतृत्व चयन हुनसकेको छैन ।

काँग्रेसका युवा नेता नविन जिसीले दिएको जानकारी अनुसार वडा नम्बर १ रामबहादुर वरुवाल,२ खिम बहादुर केसी,३ मा चन्द्रबहादुर खत्री, ४ मा मेघनाथ पौडेल, ५ याम शर्मा सभापतिमा निर्वाचित हुनुभएको छ ।

यसैगरी ६ मा बुद्धिप्रसाद सुवेदी, ८ मा श्रीकृष्ण रेग्मी र ९ मा बलबहादुर पुन सभापतिमा निर्वाचित हुनुभएको छ । सवै वडामा सर्वसम्मत रुपमा वडा समिति र अधिवेशन प्रतिनिधि चयन भएको काँग्रेसका युवा नेता तथा वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।