गण्डकी प्रदेशमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

विकल्प न्यूज\पोखरा
भदौं ९ गते ।

 

गण्डकी प्रदेशमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कास्कीका ७ जनासहित स्याङ्जाका २ जना, बागलुङ, पर्वत र तनहुँका १र्१जना छन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९ पुगेको छ । गण्डकीका कोरोना दोस्रो लहर वैशाखयता मात्रै १ हजार ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो दुई हप्तादेखि गम्भीर संक्रमितको संख्यामा वृद्धि भएको छ ।
संक्रमितको संख्यासँगै मृत्युदर बढेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले अध्ययन प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिँदा ३८० जना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर ४ हजार ३९८ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३ सय बढी संक्रमित अस्पतालमा उपचाररत छन् ।