ताजा समाचार:
Search

माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा पौडेल

विकल्प न्यूज/बेनी
भदौं ९ गते ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले जिल्ला इन्चार्जमा गोविन्द पौडेललाई तोकेको छ । भदौं ५ र ६ गते वसेको स्थायी समितिको वैठकले यस अघि जिल्ला अध्यक्ष रहनुभएका पौडेललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएका पौडेल लामो समय देखि माओवादी आन्दोलनको जिल्लाको मुख्य नेतृत्वमा रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ । नेकपा एमाले र माओवादी केन्द्र विच भएको पार्टी एकता पछि पौडेल जिल्ला अध्यक्ष हुनुभएको थियो ।

अदालतले एकतालाई खारेज गरे सँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतीएपछि पनि पौडेल अध्यक्ष नै हुनुभएको थियो ।