ताजा समाचार:
Search

भिडियो र फोटोमा बेनी दुधेखोलाको बाढीपहिरो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
भदौं ७ गते ।

म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ । आइतबार मध्यरातीमा परेको भिषण वर्षा पछि दुधे खोलामा आएको बाढीपहिरोले स्थानीय टेकबहादुर पुनको घर बगाएको हो । दुधेखोलाको वस्ती देखि माथि रहेको पाखोमा पहिरो खसेर खोलामा बाढी आएको स्थानीयवासीहरुले बताएका छन् ।

गएराति १२ बजेको समयमा खोलामा आएको बाढीले पुनको एकतलाको कच्ची घर बाढीले बगाएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । अर्को एकजना नारायण पुनको गोठमा रहेको भैंसी बाढीले बगाएको छ भने घर उच्च जोखिममा परेको उहाँले बताउनुभयो । पहिरो स्थलमा उद्धारका लागि प्रहरी टोली पुगिसकेको उहाँले बताउनुभयो ।

खोलाले बगाएर ल्याएको ढुङ्गा र ग्रेगरले म्याग्दीखोला समेत थुनिएर ताल बनेको स्थानीय युवा अभिषेक मिजारले बताउनुभयो । राती खोलामा बाढी आएको खबर पाउनसाथ बेनी नगरपालिका ६ का युवाहरु सहितको टोली दुधेखोलाको वस्तीमा पुगेर जोेखिममा रहेका घरबाट लत्ताकपडा,भाडाकुडा लगायत सामाग्रीहरु निकालिएको उहाँले बताउनुभयो ।