ताजा समाचार:
Search

दुधे खोलामा आएको वाढीले एक घर र गोठ बगायो

विकल्प न्यूज\बेनी
भदौं ७ गते ।

बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय टेकबहादुर पुनको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो ।

वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती एकबजेको समयमा खोलामा बाढी आएको स्थानीयले बताएको आचार्यले बताउनुभयो । खोलामा आएको बाढीका कारण चुत्रेनीमा म्याग्दीखोला समेत केही थुनिएको देखिएको छ ।  तस्विर \छवि  आचार्य