पर्वत बेनीबाट लागुऔषध सहित एक युवा पक्राउ

पर्वत, भदौ ६ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषधसहित एक जना युवालाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका १० भकुण्डे घर भई हाल पर्वतको वारिबेनी बस्दै आएका बर्ष २४ का नरेन्द्र किसानलाई लागुऔषध (गाजाँ )सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वारी बेनीस्थित मल्लाजचोक नजिकै बसेका उनीहरुलाई गोप्य सूचनाको आधारमा खानतलासी गर्दा गाजाँ सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

उनको साथबाट ५ सय ८० ग्राम गाजाँ बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।