ताजा समाचार:
Search

मंगलाकाे एउटै गाउँमा २४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

भदौ ५ गते । म्याग्दीको मंगला गाउँपालिकामा एउटै गाउँमा २४ जनामा काेराेना संक्रमित फेला परेका छन् ।

वडा नम्बर २ सल्यानमा शनिवार ७५ जनामा गरिएको एन्टिजेन परिक्षणमा २० जना महिला र ४ जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिकाका काेभिड सम्पर्क व्यक्ति राजेन्द्र अाचार्यले जानकारि दिनुभयाे ।

संक्रमित सवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उहाँ ले बताउनु भयाे ।