अश्मी थापाको अभिनय रहेको तीज गीत ‘बरिलै’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन ३० गते । कलाकारितामा पाइला सार्दै गरेकी म्याग्दीकी अश्मी थापाले अभिनय गरेको तीज गीत ‘बरिलै’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका तुल्सी घर्ती मगर र कमल बिसी माल्दाईको सुमधुर आवाजमा ‘बरिलै’ मौलिक तीज गीत बजारमा आएको छ ।

भरत बोहरा (समर्पण) को कर्णप्रिय संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट शब्द रचना रहेको उक्त गायक बिसीको युट्युव च्यानलमार्फत गत बुधबार सार्वजनिक गरिएको हो। स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतमा गायक बिसी, अश्मि थापा र जमुना दिदीको अभिनय रहेको छ।

मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन तेजेन्द्र दुराले गर्नुभएको छ भने सुरेश श्रेष्ठले गीतका दृश्यहरु क्यामेरामा कैद गर्नुभएको हो भने प्रकाश धमलाले भिडियो सम्पादन गर्नुभएको छ ।

कलाकारिता क्षेत्रमा भविष्य खोज्दै काठमाण्डौं पुग्नुभएको थापा पछिल्लो पटक मोडलिङ् क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । थापाले एकदर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । अध्ययनका साथै सवैको माया साथ र सहयोगले नै कलाकारिता क्षेत्रलाई पनि अगाडि बढाएको थापाले बताउनुभयो ।