ताजा समाचार:
Search

बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन २९ गते ।

 

 ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन भएको नेपाल मास्क अभियानलाई म्याग्दीमा पनि सक्रियताका साथ सञ्चालन गरिएको छ ।

जिल्ला प्रशासन,प्रहरी,स्वास्थ्य कार्यालय लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा बेनीमा मास्क अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा शुक्रबार बेनी बजार क्षेत्रमा सचेतना मुलक कार्यक्रम संचालन गर्दै माक्स वितरण गरिएको छ।

अभियानमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी,प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, स्वास्थ कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।

 अभियानका क्रममा जानकारीमुलक व्यानर,समुदाय–प्रहरी साझेदारीको व्यानर, तपाईको मास्क खोई, सामाजिक दुरी कायम गरौ,साबुन पानीले हात धुने गरांै लेखिएका सचेतनामुलक प्लेकार्ड बजार परिक्रमा गरिएको थियो ।