बेनीमा मास्क अभियान (फोटो)

विकल्प न्यूज/बेनी
साउन २४ गते । बेनी नगरपालिका,प्रशासन,प्रहरी, निजी क्षेत्र लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले बेनीमा मास्क अभियान सुरु गरेका छन् । मास्क अभियान साउन २३ गते देखि एकहप्ता सम्म सञ्चालन हुने छ । अभियानका क्रममा नागरिकहरुलाई मास्क लगाउन,कोरोना भाइरस संक्रमणबाट बच्न लगायत स्वास्थ्य सम्बन्धि सचेतनामुलक जानकारीहरु गराइने छ ।