ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना

विकल्प न्यूज/बेनी
साउन १५ गते । 

म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय विकास सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । सडकबाट खसेको जीप भिरमा सल्लाको रुखमा अड्कीएको छ । रुखमा अड्किएका जिपबाट खसेर विकको मृत्यु भएको प्रहरीको भनाई छ ।
चालक सहित अन्य ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चालक आकास रसाईलीको निधार र घाटीमा चोट लागेको छ ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरुले उद्धार गरेर घाइतेहरुलाई दरबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा ल्याएका थिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । #अपडेट ः ११.५८