ताजा समाचार:
Search

यस्तो छ थुनिएको गुर्जा खोला (फोटो)

विकल्प न्यूज/बेनी
साउन १० गते । शुक्रबार पहिरोले थुनिएको गुर्जा खोला शनिबार राती देखि विस्तारै खुलेको छ । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल सहितको टोली आइतबार विहान थुनिएको स्थलमा पुगेको छ ।

ओभरफ्लो भएर खोला बग्न थालेको उहाँले बताउनुभयो । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरिक्षणमा पुग्नुभएका गुर्जाका वडाध्यक्ष  छन्त्यालले जानकारी दिनुभयो ।

तस्विर झकबहादुर छन्त्याल