बेनी–जोमसोम सडक अन्तर्गत जोमसोममा कालोपत्रे

जोमसोम ।
साउन १० गते ।

उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी– जोमसोम–कोरला सडक आयोजनामा ५ अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको आयोजनाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उद्देश्यले सरकारले आव २०७३र०७४ देखि निरन्तर सडक स्तरोन्नति कार्य गर्दै आइरहेको छ।

कोरला सडक विस्तारका लागि सरकारले झन्डै ६ अर्बको लागत स्टिमेट तयार गरेको थियो। सडक स्तरोन्नतिदेखि हालसम्मको ५ वर्षसम्ममा ५ अर्ब ८६ करोड ७९ लाख बजेट विनियोजन भएकोमा ८७ दशमलव ५१ प्रतिशत बजेट खर्च भएको कालीगण्डकी करिडोर बेनी(जोमसोम– कोरला सडकका निमित्त आयोजना प्रमुख अश्विनीकुमार यादवले जानकारी दिए। उनका अनुसार राष्ट्रिय गौरवको बेनी(जोमसोम(कोरला सडकअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडकमा ६५ प्रतिशत र जोमसोम(कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ।

उत्तर–दक्षिण राजमार्गअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनालाई सडक स्तरोन्नति, सम्भावित सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण र सम्भावित रणनीतिक सडकलगायतका शीर्षकअन्तर्गत आव २०७३र०७४ मा ४८ करोड ८ लाख विनियोजन भएकोमा ४६ करोड २० लाख ,आव २०७४÷७५ मा १ अर्ब ५३ करोड ३० लाख विनियोजन भएकोमा १ अर्ब ५२ करोड ५२ लाख ,आव २०७५र७६ मा १ अर्ब ४७ करोड ९१ लाखमा १ अर्ब ३१ करोड, आव २०७६र७७ मा १ अर्ब १३ करोड ४५ लाखमा ९० करोड २५ लाख र आव २०७७र७८ मा १ अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ।

राष्ट्रिय गौरवको बेनी(जोमसोम÷कोरला सडकअन्तर्गत आव २०७७र७८ मा सडक स्तरोन्नतितर्फ ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ १२ करोड ८७ लाख खर्च गरेको हो। सडक निर्माणतर्फ २२ करोड ८७ लाख र पुल निर्माणतर्फ ७ करोड ६७ लाख गरी ३० करोड ५४ लाख बजेट काम हुन नसकी बजेट फ्रिज भएको हो। राष्ट्रिय गौरवको बेनी(जोमसोम÷कोरला सडक आयोजनाअन्तर्गत जोमसोम(कोरला ७६ किमी सडक ४ खण्डमा र जोमसोम(कोरला सडकखण्ड ७ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ। यस्तै बेनी(जोमसोम(कोरला सडकखण्डमा झन्डै ३ दर्जन पुलहरू निर्माणाधीन, ठेक्का सम्झौता र केही सम्पन्न भइसकेको छ।

आयोजनाअन्तर्गत जोमसोम(कोरला सडकको ७ प्याकेजमध्ये ४ वटा ग्राभेल सडक प्याकेजको काम करिडोरलाई हस्तान्तरण भइसकेको छ भने बाँकी ३ वटा प्याकेजको काम अन्तिम चरणमा पुगेको निमित्त आयोजना प्रमुख यादवले उल्लेख गरे। यस्तै, बेनी(जोमसोम ७६ किमी कालोपत्र सडकको काम बर्सेनि बर्खायामको बाढीरपहिरो र नदी कटानका अपेक्षा गरिएअनुरूप भौतिक प्रगति हुन नसकेको हो भने विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमका कारण आयोजनाको विकासको काम प्रभावित भएको आयोजनाले बताएको छ।

आयोजनाले चालू आवको असोजरकात्तिक महिनाभित्र बेनी(जोमसोम सडकको प्याकेज ३ र ४ मुस्ताङखण्डमा अस्फाल कालोपत्र सम्पन्न गरिसक्ने जनाएको छ। साभार ः अन्नपूर्ण पोष्ट,सुन्दरकुमार थकाली