सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध

विकल्प न्यूज/बेनी
साउन ५ गते । 

विप्लवले नेतृत्व गरेको नेकपा निकट युवा संगठनले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिको विरोध गरेको छ । मंगलबार बेनीमा सो संगठनले बेनीको कालिपुल स्थित वसपार्कमा भाडा वृद्धिको विरोध गर्दै नाराबाजी गरेको छ ।

कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधबुज तथा चर्को भाडा असुली भए नभएको विषयमा जानकारी समेत लिएको युवा संघ नेपाल म्याग्दीका संयोजक नवराज विश्वकर्मा ले बताउनुभयो ।