ताजा समाचार:
Search

फेरी बढ्न थाल्यो कोरोना ः २२ जनामा परिक्षण गर्दा १२ जना संक्रमित

विकल्प न्यूज/बेनी
साउन ५ गते ।

 म्याग्दीमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । केही हप्ता यता संक्रमण कम भएकोमा फेरी बढ्न थालेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधज्ञालाई खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना संक्रमण देखिन थालेको छ ।

संकास्पद २२ जनाको पिरिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । साथै मंगलबार बजार क्षेत्रका ९ जनामा गरिएको एन्टिजिन परिक्षणमा ८ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो ।

बेनी आसपासका क्षेत्रमा फेरी कोरोना संक्रमण बढ्न थालेकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।