बेनीमा बाढिपहिराे (तस्बिर )

विकल्प न्यूज/बेनी
असार २४ गते ।

 बेनी बजारको न्यूरोड स्थित घतानचोकमा विहिवार विहान पहिरो गएको छ । बुधवार राती देखि परेको अविरल वर्षाका कारण हिलसाइडबाट खसेको पहिरोले घतानचोकमा क्षति पु¥याएको छ ।

न्यूरोडको भित्री गल्लीमा रहेको श्याम भण्डारी र राम बहादुर केसीको घर माथिको पाखा भत्किएको हो । पहिरोले घरलाई क्षति पुराएको छैन । घर पछाडीको भागको पाखा बाट पहिरो खस्दा घर नै थर्किएको घर धनी श्याम भण्डारीले बताउनुभयो । भुकम्पले हल्लाए जसरी घर हल्लिएको उहाँले बताउनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइली सहितको जनप्रतिनिधिहरुको टोलीले पहिरो स्थलको अनुमगन गर्नुभएको थियो । स्थानीय युवाहरुले थप पहिरो जान नदिन भलपानीको व्यवस्थापन र पाखामा त्रिपाल राख्ने काम गरेका छन् ।यसैगरी क्याम्पसचोक र अस्पतालमा पनि भलबाढी आएको छ ।