ताजा समाचार:
Search

सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि बेनी नगरपालिका ५ कि १९ बर्षिय सविना भण्डारी र  मंगला १ का १३ बर्षिय बिमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा परि अन्य ६ जना घाईते भएका छन् । घाईतेहरुलाई उद्धार गरि उपचारको लागि बेनी अस्पतालमा ल्याईएको छ । घाईतेमध्ये दुईको अवस्था जटिल रहेको जनाईएको छ ।