ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट

विकल्प न्युज/ पाेखरेबगर

असार ७ गते । 

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ ।

सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार ,पुँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सशर्त तर्फ २३ करोड १८ लाख ,संघिय सरकारको वित्तिय समानिकरण अनुदान ७ करोड ७ लाख , संघिय सरकारबाट प्राप्त राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार ,गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान २२ लाख ७२ हजार ,प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार ,आन्तरिक राजश्वबाट प्राप्त हुने ९० लाख ४० हजार र अघिल्लो आर्थिक बर्षबाट खर्च नभइ बाँकी रहेको अनुमानित एक करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ ।

बजेटमा पर्यटन , स्वास्थ्य,भौतिक पुर्वाधार ,युवा तथा खेलकुद ,कृषी ,खानेपानी तथा सिँचाइ ,शिक्षा ,वन तथा बातावारण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर निति ,कार्यक्रम र बजेट प्रस्ताव गरिएको उपाध्यक्ष मगरले बताउनुभयो ।

यसैगरी कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँको भनाई छ ।

आठै वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई निति ,कार्यक्रम र बजेटमा समावेश गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताउनुभयो ।

गाउँसभामा जनप्रतिनिधिहरूले बजेट,नीति तथा कार्यक्रमका वारेमा छलफल चलिरहेकाे छ ।

गाउँसभामा प्रस्तुत भएको निति,तथा कार्यक्रम र बजेट पारित भएपछि आगामी आर्थिक बर्षबाट प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।