उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)

विकल्प न्यूज\बेनी
असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो ।

अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको भन्दा धेरै नदीको बहाब बढेकाले नदी किनारमा बासोबास गर्ने सर्वसाधरणहरुलाई सजग रहन प्रहरीले सूचना जारी गरेको छ । नदीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । पानीको सतह बढ्दै जाँदा संगमचोक स्थित जेसिज भवन तल कटानको जोखिम बढेको छ