ताजा समाचार:
Search

म्याग्दीमा थप ४६ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज /बेनी

जेठ २९ गते

म्याग्दी मा  आज थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।

आज पुष्टि भएकामा बेनी नगरपालिकामा ७ जना , धौलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना ,जलजला गाउँपालिका १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना , रघुगंगा गाउँपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा २६ जना , मालिका गाँउपालिकाका १ जना जना गरी ३३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २२३९जना पुगेको छ ( पिसिआरबाट १५७८ जना र एन्टिजेनबाट ६६१ )। जिल्लामा २०५जना सक्रिय संक्रमित छन ।

आज ५८ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब १५ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।
मिति २०७८।२।२९गते ५ बजे सम्मको अपडेट।