म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज\बेनी
जेठ २६ गते ।

म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो ।

सचिव सुवेदी, सदस्य कृष्णकुमार विश्वकर्मा, देउबहादुर छन्त्याल र झलक आचार्यको सहभागितामा स्थानीय तहमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा पुगेर सामाग्री हस्तान्तरण गरिको सुवेदीले बताउनुभयो । गाउँपालिकाहरुलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरुको तथ्यांक बुधवार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई जानकारी गराएको नेता सुवेदीले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने र पहल गर्नेलाई प्रजिअ अधिकारीले धन्यवाद दिनुभएको छ ।

वितरण गरिएको स्वास्थ्य सामाग्रीहरु सजिर्ककल माक्र्स २० बक्स, फेस सिल्ड ४० थान, एन नाइन्टी मास्क ४० वटा, डिस्पोजल पीपी सेट २० थान।

टप्स ग्लोब्स सय पिस, सर्जिकल ग्लोब्स ३० पिस, रि– युजल पीपी सेट १० पिस, पल्स अक्सिमिटर ४ पिस, स्यानीटाईजर १५ बोत्तलका दर र ५ लिटरका स्यानीटाईजर १२ ग्यालिनको दरले पाचँ स्थानीय तहलाई हस्तान्तरण गरेको सुवेदीले बताउनुभयो ।