ताजा समाचार:
Search

कोभिड महामारीका यी दुई हिरोको कथा (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २४ गते ।

‘‘खाना भन्दा पनि पहिलो कुरा भनेको विरामीलाई चाँढो अस्पताल पु¥याउनु हुन्छ । भर्खर खाना बसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ ।’’

यि माथिका भनाई बेनी अस्पतालका एम्बुलेन्स चालकका हुन । कोरोना महामारीका समयमा संक्रमितहरुलाई अस्पताल सम्म पु¥याउने मुख्य काममा खटिएका एम्बुलेन्स चालकहरु न भोक न तिर्खा नभनी सेवामा खटिन्छन् । बेनी अस्पतालमा दुईवटा एम्बुलेन्स छन् । अस्पतालले रिफर गरेका विरामीरुलाई पोखरा र काठमाण्डौंका अस्पताल सम्म पु¥याउने काम तिनैको हुन्छ । एम्बुलेन्स चालकहरु पनि कोभिड महामारी विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्नेहरु हुन ।


‘कोरोना महामारीका समयमा ३६ घण्टा सम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरेँ । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाण्डौं सम्म पु¥याएको छु’’ बेनी अस्पतालको एम्बुलेन्स चालक गोपी गौतमले भन्नुभयो, ‘घरमा थालको भात छाडेर हिडियो बाटोमा खाना पाइएन पानीकै भरमा ३६ घण्टा भन्दा बढी एम्बुलेन्स चलाउनुप¥यो ।’

यस्तो त यो महामारीका बेला धेरै पटक भोगियो उहाँले अनुभव सुनाउनभयो । हाम्रो पनि धेरै दुःख छ नी कसले बुझिदिने उहाँले दुखेसो पुख्नुभयो ।

‘‘कयौं दिन सम्म पनि राम्रो सँग खाने र सुत्न पाइँएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । सारै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिँजाएर चिसो बनाई लगाइयो ।’’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाउनुभयो, ‘यस्तो त यो विचमा धेरै पटक भोगेँ ।’

कोरोना संक्रमित विरामीलाई कतिबेला अस्पताल पु¥याउने चिन्ता मात्र हुन्छ । चाँढो अस्पताल पु¥याउनु पाएँ बचाउन सकिन्छ की भन्ने आशा हुन्छ । खाने र सुत्नु त ठेगान नै हुँदैन मगरले सुनाउनुभयो । कोरोनाको जोखिम मोलेर भएपनि सेवामा खटिएका छन् एम्बुलेन्स चालकहरु ।

बेनी अस्पतालले पोखरा र काठमाण्डौंका अस्पतालमा रिफर गरेका विरामीहरुलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरुले गरे । अक्सिजन सहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि २४ सै घण्टा कुदेँ ।

पोखरा र काठमाण्डौं पु¥याएका विरामीहरलाई अस्पतालमा बेडको व्यवस्था समेत यी चालक आफैले गर्नुपर्दथ्यो । अस्पतालमा बेड नपाएर घण्टौं सम्म बेडको खोजीमा भौतारिनुपर्ने पीडा भएको उनीहरुले सुनाए ।

‘‘एम्बुलेन्स भित्रै विरामी मर्नै आँटेको छ अस्पतालमा बेड पाँइदैन । आफन्तहरु रोइकराउन थालेका छन् । कसरी बचाउँने ? विरामी छाडेर हिड्नु पनि भएन नी । जसोतसो गरेर बेडको व्यवस्था गरे ।’’ एकदिनको घटना सुनाउदै चालक शेरपुञ्जा मगरले भन्नुभयो ।

कोरोना महामारीको सुरु सुरुमा त बाटोमा हामीलाई देख्दा पनि मानिसहरु भाग्ने गर्दथे । अहिले भने सवैले बुझन थालेकाले केही सहज भएको उहाँले बताउनुभयो । तर अझै पनि सहज तरिकारले बाटोमा खाना खान पाइदैन उहाँले भन्नुभयो ।


कहीले काही त चालक आफैले संक्रमित विरामीको हेरचाह र स्यारसुसार गर्दै लैजानुपर्ने हुन्छ । कोरोना सर्ला भनेर आफन्त समेत डराउँछन् यस्तो बेलामा आफैले सवै काम गर्दै एम्बुलेन्स चलाउनुपर्ने मगरले बताउनुभयो ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै राम्रो सँग खान र सुत्न नपाएको उनीहरुको भनाई छ । ‘‘दिनमा ३ पटक सम्म विरामी लगेर पोखरा गएँ । शरिर थाकेको छ भन्न पाइदैन । गाडी त चलाउनुनै प¥यो । विरामीलाई छिटो अस्पताल सम्म पु¥यार बचाउन सके यसैमा खुसी र आनन्द मिल्छ चालक गौतमले भन्नुभयो, ‘विरामी बाँचेको खबर सुन्दा जिवनकै धेरै खुसी र आनन्द मिल्दोरहेछ ।’

कतिपय विरामीले पछि निको भएपछि पनि फोन गर्दछन् । कुनै कुनै ले त पछि नचिन्दा धेरै दुःख लाग्दो रहेछ उहाँले अनुभव सुनाउनुभयो । कोरोनाका विरामीहरु बोके बापत उनीहरुलाई थप सेवा सुविधा छैन ।

नियमित पारिश्रमिककै भरमा ज्यानको जोखिम मोलेर संक्रमित विरामीरुलाई अस्पताल सम्म पु¥याउने कार्यमा उनीहरु खटेका छन् । सुरु सुरुमा परिवार र छरछिमेकहरुले पनि अस्पताल तिर नै बसे हुन्छ नी भनेर भन्ने गरेको उनीहरु बताउँछन् । अहिले आएर बल्ल सवैजनाले कोरोनाका वारेमा बुझेकाले समस्या नभएको उनीहरुको भनाई छ । साभार ः गोरखापत्र अनलाइन