म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी
जेठ १३ गते । म्याग्दीमा विहिवार थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार

पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ७जना,रघुगंगा गाउँपालिकाका ११ जना , मंगला गाँउपालिकामा २ जना , जलजला गाउँपालिकाका १ जना गरी २१ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८४६ जना पुगेको छ( पिसिआरबाट १४३९ जना र एन्टिजेनबाट ४०७ )। जिल्लामा ५५३ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज ६९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब ८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।