म्याग्दीमा बुधबार १५७ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी
जेठ १२ गते ।

 बुधबार म्याग्दीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना , अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ , धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना एन्टिजेन प्रविधिबाट बेनी नगरपालिकाका ५जना,रघुगंगा गाउँपालिकाका २७ जना , मालिका गाँउपालिकामा १ जना , अन्नपुर्ण गाउँपालिकाका ३ जना गरी ३६ जना गरी जम्मा १५७जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १७७२जना पुगेको छ । जिल्लामा ५५० जना सक्रिय संक्रमित पुगेका छन् । १६४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्यले जनाएको छ ।