नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं ।

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।