म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/बेनी

जेठ ११ गते । 

म्याग्दीमा आज थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ।

आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३३जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ३जना,रघुगंगा गाउँपालिकाका २ जना र जलजला गाउँपालिकाका १ जना गरी ६ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ६२जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य  कार्यालयले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १६१५जना पुगेको छ( पिसिआरबाट १२६५ जना र एन्टिजेनबाट ३५०)। आज ४८जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ जिल्लामा ५३२ जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब २२५ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।