ताजा समाचार:
Search

म्याग्दीमा सोमबार ६५ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी
जेठ १० गते । म्याग्दीमा सोमबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २९ र एन्टिजिनबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार ३५ जना होमआइसोलेसनमा बसेका कोरोना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ ।

नगरपालिकामा २८ जना , मालिका गाँउपालिकामा १ जना गरी २९ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका १जना, अन्नपूर्ण गाउँपालिकाका ५जना, मंगला गाउँपालिकाका २ जना, धौलागिरी गाउँपालिकाका ११ जना,मालिका गाउँपालिकाका ९ जना,रघुगंगा गाउँपालिकाका ४ जना र जलजला गाउँपालिकाका ४ जना गरी ३६ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ६५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १५५३जना पुगेको छ( पिसिआरबाट १२०९ जना र एन्टिजेनबाट ३४४)। आज ३५जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ जिल्लामा ५२० जना सक्रिय संक्रमित हुनुहुन्छ।अहिले सम्ममा अब ३०० वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।