ताजा समाचार:
Search

म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

विकल्प न्युज/बेनी

जेठ ९ गते । 
म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ ।

यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगमी जेठ १७ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

‘जिल्ला स्थित सबै स्थानीय तहसंगको छलफलपछि म्याग्दीमा निषेधाज्ञालाई सात दिन लम्ब्याउने सहमति भएको हो’ प्रजिअ अधिकारीले भन्नुभयो । जारी लकडाउनलाई कडाई गरिएको छ ।

जारी लकडाउनमा सदरमुकाम बेनी संगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द भएका छन् ।

तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेम्म संचालन गर्न अनुमति दिइएको छ ।