म्याग्दीमा विहिवार थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी

जेठ ६ गते । 

म्याग्दीमा विहिवार थप ९० जनामा काेराेना पुष्टि भएको छ ।

बेनी नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) काेराेना संक्रमण पुष्टि भएको छ ।

यसै गरि बेनी नगरपालिकामा ६ जना , मंगलामा गाँउपालिकामा २ जना, अन्नपुर्ण गाँउपालिकामा १५ जना धवलागिरी गाउँपालिकामा ९ र रघुगंगामा गाँउपालिकामा १० जना गरी जम्मा ४२ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ११५६ जना पुगेको छ( पिसिआरबाट ९३१ जना र एन्टिजेनबाट २२५)। आज ११० जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ भने जिल्लामा ४२१ जना सक्रिय संक्रमित हुनुहुन्छ।

अहिले सम्ममा अब ७४८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।