गण्डकीमा आज हालसम्मकै बढि ३० संक्रमितको मृत्यु

कास्की, जेठ ५ गते ।

गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका छन् ।

निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी पूर्वका २ जना रहेका छन् ।
पोखरा महानगरपालिका १९ की ४८ वर्षीय संक्रमित महिला, पोखरा महानगरपालिका ८ का ५९ वर्षीय महिला, पोखरा १४ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज,पोखरा १५ की ७५ वर्षीय महिलाको ग्यालेक्सी अस्पतालमा र पोखरा १४ का अर्का ५४ वर्षीय संक्रमित पुरुषको अस्पताल लैजाने क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।