म्याग्दीमा सोमबार ८४ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी
जेठ ३ गते । म्याग्दीमा सोमबार ८४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा र बागलुङका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६४ जना र स्वास्थ्य कार्यालय म्याग्दीले गरेको एन्टिजिन परिक्षणमा २० जना गरि ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९६७ पुगेको छ ( ८३१ पिसिआरबाट र १३६ एन्टीजेन विधिबाट) आज ५३ जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४४ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ४१६ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।