बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २ गते ।

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । 

गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरि २० लाख रुपियाँ खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका बेड प्रयोगमा ल्याइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन क्रम रहेको र संक्रमित थपिदै जाँदा बेडको अभाव नहोस भनेर अक्सिजन सहितको आईसोलेसन कक्ष निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
निर्माणधिन भवनको तल्लो तल्लामा रहेका ५ वटा कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको छ ।

अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट विरामीको बेड सम्म नै पाइपबाट अक्सिजन पु¥याउने तयारी गरिएको छ । आईसोलेसन कक्ष सञ्चालनमा आएपछि कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न सहज भएको छ ।