ताजा समाचार:
Search

शनिबार म्याग्दीमा थप २३० जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

जेठ १ गते । म्याग्दीमा शनिबार  थप  २३० जनामा काेराेना पुष्टि भएकाे छ । एकसय महिला र एकसय ३० जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना(पिसिआरबाट) र रघुगंगा गाउँपालिकाका ५ जना, बेनी नगरपालिकाका ४ जना, धवलागिरी गाउापालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा १२ जना(एन्टीजेन विधिबाट) काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।
यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ ( ७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट) आज १० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४५ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ४२८ नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।

बेनी नगरपालिका ४ का एक पसरूषकाे काेराेनाका कारण पाेखरामा उपचारका क्रममा निधन भएको छ ।

समुदायस्तरमा काेराेना संक्रमण बढेपछि स्थानीय तहहरूले समुदायस्तर मा पुगेर पिसिअार परिक्षणका लागि स्वाब संकलन गरेका थिए ।