ताजा समाचार:
Search

प्रहरीले अक्सिजन सिलिन्डर संकलन गरी हस्तान्तरण गर्याे

विकल्प न्युज/ बेनी
म्याग्दी ३०,वैशाख ।

प्रहरीले बजारबाट अक्सिजन सिलिन्डर संकलन गरेर बेनी अस्पताल लाई बुझाएको छ । बेनी काे बजार क्षेत्रका ग्यारेज र उद्योगबाट विहिवार संकलन गरेका २२ थान सिलिन्डर अस्पताललाई बुझाएको हाे ।

कोभिड-१९ को संक्रमणबाट म्याग्दी जिल्लामा बिरामीको चाप बढेकोले उपचारको क्रममा अति आवश्यक अक्सिजन  सिलिन्डरको अभाव हुन नदिन प्रहरीले बजार क्षेत्रबाट सिलिन्डर संकलन गरेकाे डिएसपी श्यामकुमार राईले बताउनुभयाे ।

प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी,प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको उपस्थितिमा बेनी अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई हस्तान्तरण गर्नु भएकाे थियाे ।