कोरोना संक्रमणको चेनब्रेक गर्न थप दश दिन पूर्ण लकडाउन ः प्रजिअ अधिकारी (भिडियो)

विकल्प न्यूज/बेनी
बैशाख ३० गते । 

कोरोना संक्रमणको चेनबे्रक गर्न म्याग्दीमा थप दश दिन पूर्ण लकडाउन गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण उच्च भएको भन्दै विहिवार बसेको डिसिसिएमसीको वैठकले जिल्लाभरी पूर्ण लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो ।

वैठकले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा भएका कामकारवाहीहरुको समिक्षा गरेको उहाँले बताउनुभयो । जिल्लामा कोरोनाको रोकथाम,नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा विकल्प न्यूजका सम्पादक ठाकुरप्रसाद आचर्याले प्रजिअ अधिकारी सँग गरेको कुराकानी ः