बेनीका जनप्रतिनिधिकाे आधा महिनाकाे तलव काेराेना उपचारमा

विकल्प न्युज/ बेनी

बैशाख २९ गते । 

बेनी नगरपालिकाका जनप्रतिनिधिकाे अाधा महिनाकाे तलव बराबरको रकम काेराेना संक्रमितकाे उपचारमा सहयाेग गर्ने भएका छन ।

नगरपालिकाकाे बुधवार बसेकाे वैठकले उक्त निर्णय गरेकाे प्रवक्ता रामकृष्ण बराईले जानकारी दिनुभयाे ।

COVID-19 का बिरामीहरु अक्सिजनको अभावले समस्यामा नपरुन भन्ने उद्देश्यले संकलित रकमले स्वास्थ्य सामग्री खरिद गरि बेनी अस्पताललाई हस्तान्तरण गरिने उहाँले बताउनुभयाे ।

साथै नगरमा कार्यरत  सबै कर्मचारीहरूूूू पनि  ऐच्छिक रूपमा सहयाेेेग गर्नेे उहाँँले बताउनुभयाे ।

उक्त रकमले  अक्सिजन कन्सन्ट्रेट मेसिन खरिद गरि COVID अस्पताल बेनीमा उपलब्ध गराउने निर्णय भएकाे छ ।