ताजा समाचार:
Search

बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित पुरूषकाे निधन

विकल्प न्युज/बेनी

बैैशाख २९ गते । 

बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित एक पुरूषकाे बुधवार दिउसाे निधन भएको छ । उनकाे बुधवार विहान एन्टिजन पाेजेटिभ अाएकाे थियाे ।

बेनी नगरपालिका  ५ का ४१  वर्षिय  ती पुरूषलाई   स्वासप्रस्वासमा समस्या भएपछि  मंगलबार राति उपचारका लागि  अस्पतालमा ल्याईएकाे थियाे ।

हाईफ्लाे अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

काेराेना संक्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न अाएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयाे ।

बुधबार मात्रै  पाेखरामा उपचारत रघुगंगाकि एक महिला र मंगलाकाे एक पुरूषकाे निधन भएकाे थियाे । अाजै मात्र म्याग्दीमा तीन जना काेराेना संक्रमितकाे निधन भएकाे छ ।