ताजा समाचार:
Search

बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो

विकल्प न्यूज/बेनी
बैशाख २९ गते ।

 बुधबार थप २ जना कोरोना संक्रमितको निधन भएको छ । गण्डकी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको २९ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

मृत्यु हुनेहरुमा रघुगंगा गाउँपालिका २ की ३६ वर्षीय कोरोना संक्रमित महिला हुनुहुन्छ । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मंगला गाउँपालिका ४ का ७६ वर्षीय पुरुष हुनुहुन्छ । उहाँलाई २७ गते कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमा जनाइएको छ ।

सरकारी तथ्यङक अनुसार म्याग्दीमा कोरोनाका कारण १५ जनाको मृत्यु भइसकेको छ । ३०९ जनाले कोरोना जितेका छन् भने २६१ संक्रिय संक्रमित छन् । संक्रमितहरु केही बेनी अस्पतालमा र पोखरमा उपचारत छन् भने केही होम आइशोलेसनमा छन् ।