काेराेना संक्रमणबाट एकै दिन तीन जना म्याग्देलीकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी

वैशाख २८ गते । 

काेराेना संक्रमणका कारण मंगलबार तिनजनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिन यता संक्रमितकाे मृत्यु हुन थालेकाे छ ।

मंगलबार विहान बेनी अस्पतालमा उपचारत बेनी नगरपालिका ८ बस्ने काेराेना संक्रमित  एक पुरूषकाे मृत्यु भएकाे थियाे ।भेन्टिलेटरकाे अभावमा ती पुरूषकाे मृत्यु भएकाे हाे ।

यसै गरि पाेखरामा उपचारत दुईजना म्याग्देलिकाे पनि काेराेनम संक्रमणका कारण मंगलबार नै मृत्यु भएकाे छ ।

बेनी नगरपालिका ९ ठेगना भएकी एक महिला र रघुगंगा २ रानिपौवा का एक पुरूषकाे उपचारका क्रममा निधन भएकाे गण्डकि प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत जनाएको छ ।

पछिल्ला केही दिन यता काेराेना संक्रमण उच्च भएकाे छ ।समुदायस्तरमा काेराेना संक्रमण बढेपछि बैशाख २२ देखि बेनी  नगरपालिकामा लकडाउन गरिएको छ  । भने स्थानीय तहले पनि लकडाउन गरेका छन ।

काेराेना जाेखिम उच्च भएपनि डिसिसिएमसिले  काेराेनाकाे राेकथाम,उपचार, नियन्त्रण र व्यवस्थापन मा  प्रभावकारी तवरले काम गर्न नसकेकाे गुनासाे अाउन थालेकाे छ ।