ताजा समाचार:
Search

एलडिओ साव ! औपचारीकमा मात्र सिमित सामाजिक परीक्षण के का लागि हो ?

DSC00959 (1)

विकल्प म्याग्दी,
कात्तिक २३ गते ।
औपचारीकता निभाउन जिल्ला विकास समितिको कार्यालय म्याग्दीको आयोजना र स्कलर नेपाल प्रा.लि काठमाडौंको सहयोगमा सोमबार बेनीमा सामाजिक परीक्षण सम्पन्न भएको छ । सुशासन पारदर्शीता र जवाफदेहिताका लागि आर्थिक वर्ष २०७१÷७२ मा जिल्लामा सञ्चालित योजनाहरुको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो । सुशासन,पारदर्शीता र जवादेहिताका लागि गरिएको सामाजिक परिक्षण कार्यक्रममा न्यून उपस्थितले कार्यक्रम कार्यक्रमका लागि मात्र सिमित भएको जस्तो देखिन्थ्यो । राज्यका चौथो अंकको उपस्थिति पनि न्युन थियो । DSC03687 (1)
कार्यक्रममा स्कलर प्रा.लि काठमाडौंका प्रतिनिधि ताराचन्द्र ढकालले गत वर्षमा म्याग्दी जिल्लामा जिविस र विषयगत कार्यालयहरुबाट सञ्चालन तथा सम्पन्न गरिएको योजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार जिल्लामा ५ लाख भन्दामाथिका ४३ ओटा योजनाहरु रहेको, गतवर्ष ३७ किमी मात्रै सडक विस्तार भएको र धेरै लगानी विकासका पूर्वाधारमा गरिएको छ ।
यसैगरी गत वर्षमा जिल्लाको सामुदायिक विद्यालयतर्फ ६.२३ प्रतिशतका दरले विद्यार्थी संख्या घटेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ भने वर्षेनी विद्यार्थीहरुको संख्या घट्दै गैरहेको बताइएको छ । त्यस्तै बसाइसराइको संख्यामा वृद्धि भएको छ भने एक वर्षको अवधिमा ४० ओटा सम्बन्धविच्छेदका घटना घटेको जनाइएको छ ।
त्यसैगरी गतवर्ष अनुमान गरिएको भन्दा थोरै २२ लाख ४८ हजार मात्रै जिल्लाको आन्तरिक आय प्राप्त भएको पनि कार्यक्रममा प्रस्तुतकर्ता ढकालले जानकारी दिएका थिए । समग्रमा हेर्दा म्याग्दी जिल्लाको आन्तरिक आय अत्यन्तै न्युन रहेको छ भने १ करोड २६ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको ढकालले बताए ।
गतवर्ष जिविस म्याग्दीले विभिन्न सुचकको आधारमा ५० अङ्क मात्रै पाएको छ । न्युनतम शर्तमापन गर्दा सुधार गर्नुपर्ने कार्यक्रममा बताइएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिलगायतले आआफ्नो धारणा राखेका थिए । प्रमुख जिल्ला इन्जिनियर ओमबहादुर केसीले कार्यक्रमबारे जानकारी गराएका थिए भने सञ्चालन सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले सञ्चालन गरेका थिए ।