वायु प्रदुषणले बेनीमा आँखा पाेल्ने समस्याका विरामी बढे

विकल्प न्युज/ बेनी

चैत १७ गते । 

म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ ।

केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् ।

वायु प्रदूषणका कारण मंगलबारसम्म सामान्य अवस्थामा रहेकोमा बुधबार आँखा उपचार केन्द्रमा समेत आँखा पोल्ने समस्या लिएर आउने बिरामी भेटिएको नेत्रज्योती संघ म्याग्दीद्धारा सञ्चालित आँखा उपचार केन्द्रक प्रमुख दिनेश बानियाँले बताए ।

‘आँखा चिलाउने समस्या लिएर पाँचजना बिरामी आउनुभएको थियो, ‘उहाँहरूको आँखामा कुनै समस्या नदेखिएपछि प्रदुषणकै कारण हुनसक्छ’ प्रमुख बानियाँले भने ।

नियमित आउने बिरामीभन्दा बुधबार आँखा पोल्ने समस्याका बिरामी आएको बताउँदै समान्य अवस्था भन्दा फरक रहेको आँखा उपचार केन्द्रले जनाएको छ ।

त्यस्तै बेनी अस्पतालमा रहेको आँखा उपचार केन्द्र र पश्चिम म्याग्दीको दरबाङमा रहेको रेडक्रस सोसाईटीको आँखा केन्द्रमा समेत आँखा सम्बन्धि समस्या लिएर आएका बिरामीको संख्या सामान्य अवस्थामा भन्दा धेरै रहेको बताइएको छ ।

पछिल्लो तीनदिन यताकै तुलनामा सदरमुकाम बेनी आसपासको क्षेत्र तुवाँलो छपक्कै छोपेको छ ।बन तथा वातावरण विभागका उपमहानिर्देशक एवम् प्रबक्ता इन्दुबिक्रम जोशीले काठमाण्डौ आसपासको क्षेत्रबाट पश्चिम तर्फ फैलिएको ग्याँसका कारण आँखा पोल्ने समस्या देखिएको हुनसक्ने बताए ।

‘काठमाण्डौ क्षेत्रमा केही सुधार आएको छ,‘म्याग्दी जिल्लाको अवस्था मात्रै हेर्न मिल्दैन्,‘हामीले पोखरा बेस भएर हेर्ने गरेका छौ’ प्रबक्ता जोशीले भन्नुभयो ।

वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधी प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रबक्ता जोशीको सुझाव छ ।

एक्यूआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँती लगायतका समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्न समेत मन्त्रालयका प्रबक्ता जोशीले अनुरोध गर्नुभयो ।

‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो,‘हेल्चेक्राई गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ’ प्रबक्ता जोशीले थप्नुभयो । बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) ९७.२८७ रहेको छ ।

यो अवस्थालाई समान्य लिन नसकिने बताउनुभयो । बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्यूआई ८७ भन्दा बढी मापन गरिएको थियो।

यता बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले वायु प्रदूषण सामान्य अवस्थामा नफर्किदासम्म सतर्कता अपनाउनुपर्ने बताए ।

‘अहिलेको अवस्थामा सावधानी अपनाउनुपर्छ,‘ वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने अध्यायनले समेत देखाएको छ’ डा. बस्ताकोटीले भने ।

बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई) ९७.२८७ रहेको छ । यो अवस्थालाई समान्य लिन नसकिने विज्ञहरुको भनाई छ ।

बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्यूआई ८७ भन्दा बढी मापन गरिएको थियो । नागरिक दैनिक