ताजा समाचार:
Search

नारच्याङ स्थित म्रिस्तिखोलामा काम गर्ने १२ कामदारमा काेराेना

विकल्प न्युज/बेनी

चैत १७ गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित म्रिस्तिखोला हाईड्रोमा काम गर्ने १२ जना कामदारमा काेराेना पुष्टि भएकाे छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति २०७७।१२।१६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ को महिला १ जना, र क्रमशः वर्ष २१, २३, २७, २८, ३१, ३३, ३७, ३७, ४४, ५४ र ५६ का पुरुष ११ जना गरी जम्मा १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे ।