म्याग्देली कलाकार सज्जन र निसाको गीती एल्बमको भिडीयो छायांकन

सन्तोष गौतम/विकल्प
म्याग्दी ९ चैत ।
म्याग्देली कलाकार सज्जन बोहोरा र निशा केसीको संयुक्त गिती एल्बम माया प्रिती ठूलो हो है त को बेनी र आसपासको क्षेत्रमा छायांकन गरिएको छ ।

चैत ७ र ८ गते बेनीको म्याग्दी जिल्ला अस्पताल परिसर, न्यु वेष्ट प्वाईन्ट कलेज र म्याग्दी बगरफाँटमा गिती एल्बमको छायांकन गरिएको हो । जिवन सेञ्चुरीले निर्देशन गरेको गितमा गायक समेत रहेको बोहोरा, कृष्ण खाती, किसान बिक र मिना घर्तीले अभिनय गरेका छन् ।Shooting

गितको देवराज आचार्यले छायांकन गरेका हुन् । गितको भिडीयो केही दिनमै सार्वजनीक हुने कलाकार बोरोहाले जानकारी दिनुभयो । गितमा निशा केसीको साथमा आवाज दिएका सञ्जन बोहोरा आफैले गितको शब्द रचना गरेका हुन् ।