पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी

विकल्प न्यूज/पर्वत
चैत १० गते ।  पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी शिव पौडेल

त्यसैगरी महिला सदस्यमा देवी अधिकारी र माया गिरि विजयी हुनुभएको छ । भने सदस्यहरुमा ठकुर वि पौडेल,राजकुमार वस्नेत,रमेश शर्मा लामिछाने,गणेश लामिछाने,कमलबहादुर जिसी,गणेशकुमार श्रेष्ठ,कृष्ण प्रसाद श्रेष्ठ,मानसिंह भण्डारी,दिपेन्द्र गिरि,राजन गुरुङ निर्वाचित हुनुभएको छ ।

यसै गरी सदस्यहरुमा शेरबहादुर चोचाङ्गी,विनोद आचार्य,कमल लामिछाने र कृष्ण प्रसाद शर्मा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । गत शनिबार भएको निर्वाचनमा १ हजार ९ सय ९३ मत खसेको थियो । जस मध्य ६८ मत बदर भएको छ ।