ताजा समाचार:
Search

विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् ।

गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा सडकको उद्घाटन गरिएको छ । दर्मिजाका ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा,कुइनेमंगलकी उडिमा कामिनी, र चिमखोलाकी लिस्मा पुनले सडकको संयुक्त रुपमा उदघाटन गरिएको थियो ।

सडक निर्माण सँगै विकट वस्ती दर्मिजा,चिमखोला र कुइनेमंगलेका स्थानीयहरु लभान्वित भएका छन् । २०६७ देखि गलेश्वर देखि सडक निर्माण गर्न थालिएको थियो । सवै भन्दा कठिन अजिंगर भीरमा यसै वर्ष सडकको ट्रयाक खुलेको हो । संघीय,प्रदेश,गाउँपालिका र यस क्षेत्रमा निर्माणधिन जलविद्युत आयोजनाहरुको संयुक्त लगानीमा दग्नाम देखि चिमखोला सम्मको भीरमा ट्रयाक खोलिएको हो ।