पर्वत–पुलाश्रम संग्रहालय किन र कसरी ?

कृष्ण पौडेल /विकल्प न्यूज

फागुन ३ गते ।

१.विषयप्रवेश
मानव सभ्यताको भविश्य वर्तमान अवस्थाबाट निर्धारित हुन्छ भने, वर्तमान विगतबाट । कुनै पनि स्थानवा समुदायको भविश्य आर्थिक तथा साँस्कृतिक दृष्टिले वैभवशालीबन्नको निम्ति त्यसको ऐतिहासिक पाटो समेत गौरवशाली हुनु उत्तिकै जरुरी छ । समृद्ध इतिहासको जगविना समुन्नत भविश्यको महल खडा हुनसक्दैन । इतिहाँस हुनु मात्र ठूलो कुरा होईन त्यसको महत्व अध्ययन गरिनु,बुझिनु र मनन गरिनुमा निहितहुन्छ ।

ऐतिहासिक पृष्ठभूमीको जानकारी विना वर्तमान अवस्थाको अन्तर्य बुझन सकिदैन । इतिहाँस केवल विद्धानहरुको मात्रचासो र सरोकारमा सिमित हुनुहुदैन सर्वसाधारण, किशोर तथा युवाहरुले समेत सहज हेर्न र देख्न सकिने रुपमा प्रस्तुत गरिनु पर्छ र आमबोध गम्यबनाइनु पर्दछ ।

इतिहाँस केबल राजामहाराजाहरुको बंशावली मात्र होइन, युद्ध र हिँसाको घटनावली मात्र पनि होईन । यो सभ्यता र सस्कृतिको, श्रम र सृजनाको कालातीत प्रवाह हो, जनजनको संघर्षको कथा हो, समग्र समुन्नतीको निम्ति सामाजिक सहकार्यको दिर्घ अभियान हो ।

हरेक व्यक्तिले आफु, आफ्नो जाति समुदायको, आफु जन्मे हुर्केका,े खाईखलेको थातथलोको वास्तविक अस्तित्व, चिनारी तथा पहिचानलाई गहिराई र फैलाईमा जान्न, बुझ्न, जाँच परख गर्न त्यसको ऐतिहासिक पाटोको न्यूनतम ज्ञानहुन जरुरी छ । इतिहासका पुस्तक ग्रन्थहरु, पुरातात्विक सम्पदाहरु इतिहास बताउने स्रोतहरु हुन ।

इतिहाँसलाई प्रभावकारी र सजिवरुपमा प्रस्तुत गर्ने माध्यम संग्रहालयहरु प्नि हुन । विकसित समाजको चरित्र आफ्नो इतिहास प्रतिको गहिरो अभिरुचि, गौरव र सम्मान हो, त्यसको संरक्षण सम्बद्र्धन प्रतिको उच्च चेत हो ।

त्यहाँ पुरानाकला, संस्कृति,सभ्यता चिनाउने बस्तु वा सामग्री मात्र होइनःभावि पुस्तालाई वर्तमान अवस्थाको अनुभूति दिलाउन,विगत देखि आगत सम्मका जनजीवनलाई झल्काउने चिजबिजहरुको संभवभए सम्म संकलन गरी, जोगाएर राख्न, सजाएर प्रदर्शन गर्न संग्रहालय निर्माण गर्ने पराम्परा रहेको पाइन्छ ।

कुनै पनि देश समाजमा उपयुक्त संग्रहालयको अस्तित्व विनाजति सुकै गौरवशाली ऐतिहासिक पृष्ठभूमी भएता पनि त्यो यात अध्यारोमा छिुपेको हुन्छ यात धरातलमा लुकेको हुन्छ । यसर्थ राष्ट्् वा समुदायको वास्तविक अस्तित्व र चिनारीलाई उजागर गर्न भव्य संग्रहलय अथव ाम्यूजिमको उपस्थिति अपरिहार्य छ ।
२.पर्वत राज्य तथा पुलाहश्रम क्षेत्रको ऐतिहासिक गरिमा ः

म्याग्दी जिल्लाको बेनी नगरपालिका अन्तर्गत पर्ने पुलावा पुलाहश्रम क्षेत्रको राजनैतिक, सामाजिक तथा साँस्कृतिक इतिहास आफैमा गौरवपुर्ण छ । यो पुराण प्रसिद्ध ऋषि पुलस्त्य, पुलह लगायत चर्चित पात्रहरुको तपस्थलको रुपमा प्रख्यात छ ।

साथै नेपाल एकिकरणपूर्व चौबिसे मध्यको प्रभावशाली राज्य पर्वतको राजधानी क्षेत्र पनि हो । तत्कालिन पर्वत राज्यको क्षेत्र विभिन्न जातीय समुदायकोे निकै पुरानो आवाद क्षेत्र मानिन्छ । करिब आठसयवर्ष अघि नै यस क्षेत्रमा खस आर्य समुदायको आगमन भएको, रैथाने जनजाति समुदाय संग घुलमिल भएर बस्दै आएको छ ।

यो सायद नेपालमै दुर्लभ इतिहास भएका क्षेत्र मध्यको पर्दछ । नेपालको मानक नेपाली भाषाको रुपमा स्थापित पर्वते भाषिका तथा बोलीको उद्गम क्षेत्र समेत यही हो । यसका अन्य धेरै पक्षहरु छन जस्ले यस क्षेत्रको ऐतिहासिक गरिमालाई पुष्टि गर्दछन । तर गरिमामय इतिहास दविएर लुप्त प्राय अवस्थामा पुगेको छ ।

३.वृहद पर्वत तथापुलाहश्रम संग्रहालय को आवश्यकता र महत्वः

यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र सभ्यता राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा नै विशिष्ट र गरिमामय छ भन्ने कुरा स्पष्ट छ । तर यसको सत्य तथ्य र रहस्यको अल्पजानकारी केही व्यक्ति र खोजकर्ताहरुमा मात्र सिमित छ ।

आमजनमानस र नयाँ पुस्तामा अवगतहुन सकेको छैन, बाहिरी दुनियाँमा प्रचारित हुन सकेको छैन । इतिहास संस्कृति तथा सभ्यताका विविध आयामहरुलाई सुव्यवस्थित रुपमा उजागर गर्न एक सुविधायुक्त संग्रहालयको स्थापना अनिवार्य आवश्यकता छ । समकालिन परिवेशमा संग्रहालय स्थापनाको महत्वलाई यस प्रकार मनन गर्न सकिन्छ

 यस क्षेत्रको राजनैतिक,सामाजिकतथा साँस्कृति सभ्यता र इतिहासको संरक्षण हुने छ ।
 सर्वसाधारण, युवा पुस्ता तथा भावि सन्ततिहरुले आफ्नो इतिहास र मौलिक सभ्यताबारे सहज रुपमा अमूल्य ज्ञान प्राप्त गर्नेछन।
 देशविदेशमा रहने नेपाली तथा विदेशीहरुमा यस क्षेत्रको ऐतिहासिक महत्वको प्रचार हुने छ ।
 यो प्रभावकारी पर्यटकीय सम्पदा रुपमा रहने, यस क्षेत्रको पर्यटकीय संभावना अभिवृद्धि गराउने छ ।
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संग्रहालय तथा स्मारक निर्माण हुन सक्दा यस क्षेत्रको प्रतिष्ठा र ख्यातिमा बढ्ने र फैलने छ ।

नविकल्प साप्ताहिकमा प्रकाशित