ताजा समाचार:
Search

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत जनप्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन ३ गते । 

नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित भएको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको छ । सभामा काँग्रेसका जिल्ला स्थित नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । विरोध प्रदर्शनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिएको छ ।  ¥यालीमा सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए

तस्विरहरु ठाकुरप्रसाद आचार्य