प्रतिगमन विरुद्ध बेनीमा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ २५ गते ।

नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका छन् ।

विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।
¥यालीमा नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल,युवा नेतृ रामकुमारी झार्की,जिल्ला स्थित नेताहरुको सहभागिता रहेको थियो ।
जिसस सभाहलमा हुने कार्यक्रममा नेता पौडेल र नेतृ झार्कीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कार्यालय सदस्य रेशम जुग्जालीले बताउनुभयो ।